२०८३ आश्विन ४, आईतवार ०२:४४
२०८३ आश्विन ४, आईतवार ०२:४४
हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित समारोहमा उत्कृष्ट कार्य गर्नेहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानमा उल्लेखित अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताए । थापा मगरले संविधान नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताए । लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तित्वप्रति उहाँले सम्मान व्यक्त गरेका थिए । उनले संविधानले लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस…