Alag Dhar

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ ।

सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो ।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए ।

यसअघि सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासी अन्योलमा परेका थिए । ‘कहाँसम्म संरचना हटाउने रु’ भन्ने जिज्ञासा लामो समयदेखि उठ्दै आएको थियो ।

अब भने आधिकारिक नक्साका आधारमा केन्द्रविन्दु तय गरिने भएकाले सडकको दायाँ-बायाँ बराबर दूरी कायम गर्दै आवश्यक चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ । यसले विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ ।

नापजाँच कार्यका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको छ भने नक्सा तथा मापनसम्बन्धी काम नापी कार्यालय पर्साले गरिरहेको छ ।

सडक  डिभिजन कार्यालयका इन्जिनियर भोला प्रसाद साहका अनुसार आज बिहानदेखि नै नापजाँच औपचारिक रूपमा सुरु गरिएको हो ।

यसका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सम्पूर्ण चरणमा समन्वय गर्नेछ ।

यसअघि वैशाख ६ गते गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा रहेका घर–टहरा हटाउन डोजर प्रयोग गरिएको थियो । अहिले केन्द्रविन्दु निर्धारणसँगै सडक विस्तार कार्यले थप गति लिएको छ ।

मुख्य समाचार

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा का...
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

काठमाण्डौं । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । यस अघि सरका...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.