Alag Dhar

अक्षर लेख्न नसकेको भन्दै छात्रलाई निर्घात कुट्ने शिक्षिका पक्राउ

फिदिम । अङ्क र अक्षर लेख्न नसकेको भन्दै पाँच वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत साढे चार वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा १८ भाटा हानेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।

कुटपिटका कारण घाइते बालकको ढाडभरि निलडाम देखिएको तस्बिर र समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।

पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले नियन्त्रणमा लिइएकी शिक्षिकाउपर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको बताउनुभयो। पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा हाजिर गराएर अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

बालक कुटपिटको घटना सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गर्न दबाब बढेको थियो। विद्यालय प्रशासनले घटनापश्चात् शिक्षिकालाई निलम्बन गर्नुका साथै बालकको उपचार खर्च बेहोर्ने जनाएको छ।

मुख्य समाचार

लागुऔषधसहित तीन जनालाई पक्राउ

लागुऔषधसहित तीन जनालाई पक्राउ

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार...
वार्तामा प्रगति नभएपछि इरानमाथि ट्रम्पको दबाब

वार्तामा प्रगति नभएपछि इरानमाथि ट्रम्पको दबाब

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै ...
आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाण्डौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ । हिजो भएको खेलमा दिल्ली...
पानी रोकिएपछि चर्कियो गर्मी

पानी रोकिएपछि चर्कियो गर्मी

काठमाण्डौं । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.