Alag Dhar

लागुऔषधसहित तीन जनालाई पक्राउ

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो बर्दिवास महोत्तरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका–७ घर भई हाल मिथिला नगरपालिका–१०, लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बु, महोत्तरीको बर्दिवास नगरपालिका–१ निवासी २८ वर्षीय सुमन बुढाथोकी र सोही स्थानमा बस्दै आएका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बुलाई लागुऔषधसहित पक्राउ प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक लक्ष्मण केसीले सुनौलो बस्तीमा विजय लिम्बुले भाडा गरी बस्दै आएको घरमा रितपूर्वक खानतलासी गर्दा ओछ्यान मुनिबाट लागुऔषध बरामद भएको बताउनुभयो । लिम्बुले घरबाट लागुऔषध बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा खानतलासी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीले ओछ्यान मुनि र पक्राउ परेकाहरुको साथबाट गरीे टेन्टाडोल १०० एमजीका कुल ९२ र स्पासरेस्टका ८३ वटा गरी जम्मा १७५ वटा पता ट्याब्लेट बरामद भएको बताउनुभयो । उहाँले प्रहरीले विभिन्न दरका नगद १५ हजार ५२० रुपियाँ र लागुऔषध सेवनपछि प्रयोग गरिएका खोलसमेत बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

मुख्य समाचार

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.