Alag Dhar

राष्ट्रिय सहकारी बैंकमा पारदर्शिता मुख्य एजेण्डा बनाउँदै पौड्याल

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक पद (बागमती प्रदेश) का उम्मेदवार अभियन्ता डा. परितोष पौड्यालले सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी प्रतिबद्धता र एजेण्डा बनाका छन् । सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता स्खलित भएको संगीन आरोप लागिरहँदा डा. पौड्यालले यी दुई आधारलाई पुनर्जागृत गर्ने अठोट व्यक्त गरेका छन् ।

झण्डै तीन दशकदेखि सहकारी क्षेत्रमा योगदान पुर्याउँदै आएका डा. पौड्यालले भने, ‘केही ठूला सहकारीमा आएको विचलनका कारण समग्र क्षेत्रकै साखमा प्रश्न उठिरहेको समयमा मेरो मुख्य ध्यान सुशासन र पारदर्शितामै केन्द्रित छ । मुलुककै सहकारी अभियानको एक मात्र बैंकमा सुशासन र पारदर्शिता कायम गर्न सकियो भने त्यो अभ्यास सबै क्षेत्रमा प्रवाहित हुने निश्चित छ ।’

जेठ ९ गते हुने निर्वाचनलाई लक्षित गर्दै पौड्यालले आफ्ना ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ‘९ गते, ९ प्रतिबद्धता’ नाम दिइएको उक्त वाचापत्रको तेस्रो बुँदामा पारदर्शिता र सुशासनलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको सघन नियामकीय दायराभित्र रहेर काम गर्नुपर्ने भएकाले पनि सुशासन र पारदर्शिता अपरिहार्य रहेको उनको भनाइ छ । बैंकको सञ्चालक समिति अनुकरणीय बनाउने जिम्मेवारी आफूले लिएको दाबी गर्दै उनले आगामी दिनमा बैंकका वित्तीय कारोबार, बोर्ड गभर्नेन्स र व्यवस्थापकीय पक्षलाई सदस्यमैत्री, उत्तरदायी र जवाफदेही बनाउने विश्वास व्यक्त गरे ।

बैंकको भावी अध्यक्षका समेत प्रत्याशी डा. पौड्यालले भने, ‘सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर हामी सहकारी बैंकलाई वित्तीय समावेशीकरण, वित्तीय स्थायित्व र वित्तीय पहुँच विस्तारमा अग्रणी बनाउने गरी काम गर्नेछौं । देशभरका सदस्य संघ–संस्थाको चाहना पनि यही हो । त्यसैलाई प्रतिबिम्बित हुने गरी हामी अघि बढ्छौं ।’

उनले आफ्ना एजेण्डा नै निर्वाचन जित्ने मुख्य आधार भएको उल्लेख गर्दै विगतका अनुभवलाई कार्यसम्पादनमा रूपान्तरण गर्ने बताए। आफ्ना ९ एजेण्डामार्फत सहकारी अभियानको एकमात्र बैंकबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षामा योगदान गर्न सकिने सम्भावना औंल्याएका छन् । उनको चुनावी प्रतिबद्धतामा ‘सशक्त सहकारी, विश्वसनीय बैंक, समृद्ध नेपाल’ को परिकल्पना समेटिएको छ ।

सहकारीमैत्री नीति निर्माणका लागि सघन बहस–पैरवीदेखि युवा तथा नवप्रवर्तन केन्द्रित अभियान, डिजिटल रूपान्तरण, बैंकको वित्तीय स्वास्थ्यमा सुधार, शिक्षा तथा तालिममार्फत प्रारम्भिक संस्थाको क्षमता अभिवृद्धि र सशक्तीकरणलगायतका विषय प्रतिबद्धतामा समावेश छन् ।

मतदानको मिति नजिकिँदै गर्दा कतिपय विषय अतिरञ्जित गरिएको तथा आफूमाथि लाञ्छना लगाइएको भन्दै उनले मिडिया ट्रायलभन्दा वास्तविकताको धरातलमा उभिएर मतदातालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे।

‘हिजोका कमजोरीबाट मैले पाठ सिकेको छु,’ उनले भने, ‘हिजोका योगदानबाट थप ऊर्जा हासिल गरेको छु र त्यही नयाँ जोशका साथ सहकारी अभियानको भविष्य उज्यालो बनाउने गरी काम गर्नेछु ।’

सहकारी बैंकको चुनावी सरगर्मीका कारण यतिबेला सहकारी क्षेत्र तातेको छ । मुलुकको सहकारी क्षेत्रको एकमात्र बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनअन्तर्गत एक पदका लागि दुई प्रभावशाली उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बागमती प्रदेश सञ्चालक पदमा डा.परितोष पौड्याल र रामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ । आउँदो शनिबार मतदान हुने भएकाले आज र भोलि चुनावी बहस अझ तीव्र र केन्द्रित हुने देखिएको छ । दुवै उम्मेदवारले आफ्नो जितका स्पष्ट आधार रहेको दाबी गर्दै आएका छन् ।

यस्ता छन् परितोष पौड्यालका ९ बुँदे प्रतिबद्धता
१. सहकारी मैत्री नीति, ऐन, नियमावली संशोधन तथा स्थिरताका लागि पहल गर्ने
२. वित्तीय स्थायित्व तथा सुदृढीकरण
३. पारदर्शिता तथा सुशासन
४. युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियान
५. सहकारी बैंकिङको डिजिटल रुपान्तरण
६. सदस्य संघ संस्था केन्द्रित प्रभावकारी बैंकिङ सेवा तथा शिक्षा, तालिम, क्षमता विकासका कार्यक्रम संचालन गर्ने
७. समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीलाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गर्ने
८. कर्मचारीहरुको सशक्तीकरण तथा वृत्तिविकासको प्रत्याभूति गर्ने
९. स्वनियमनको मर्म आत्मासाथ गर्दै एकद्वार नियामक निकायमा जोड दिने ।

मुख्य समाचार

हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव,”२० वर्षपछिकाे हेटाैँडा” चित्रकला प्रतियाेगिता हुने

हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव,”२० वर्षपछिकाे हेटाैँडा” चित्रकला प्रतियाेगिता हुने

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवक...
राष्ट्रिय सहकारी बैंकमा पारदर्शिता मुख्य एजेण्डा बनाउँदै पौड्याल

राष्ट्रिय सहकारी बैंकमा पारदर्शिता मुख्य एजेण्डा बनाउँदै पौड्याल

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक पद (बागमती प्रदेश) का उम्मेदवार अभियन्ता डा. परितोष पौड्यालले सुशासन र पारदर्शितालाई आफ...
ट्रक–स्कारपियो ठक्करमा आठ जना घाइते

ट्रक–स्कारपियो ठक्करमा आठ जना घाइते

सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छ...
सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

धनगढी । बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.