Alag Dhar

हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव,”२० वर्षपछिकाे हेटाैँडा” चित्रकला प्रतियाेगिता हुने

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवको तयारी तिब्र बनाईएको छ । पूर्व निर्धारित जेठ १४ हुने भनिएको कार्यक्रम उक्त दिन सार्वजनिक विदा परेकोले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । चौधो पटक हुन लागेको महोत्सव यसपाली नगरस्तरीय हुने र नगरभित्रका विध्यालयमा पत्रचार गरिसकेको र विध्यालयहरूले महोत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेको बताउनुभयो ।

महोत्सवमा विशेष कार्यक्रमको रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नित्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगीता हुने ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । चित्रकला प्रतियोगिताको विषय “२० वर्षपछिको हेटौँडा” रहेको बताउँदै आजको विध्यालयको विध्यार्थीले २० वर्षपछिको हेटौँडा सहर कस्तो बनाउने परिकल्पनामा चित्रकला कोरिने छ । विध्यालय र विध्यार्थीबीचको स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूको लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याई विध्यार्थीलाई सृजनात्मक बनाउने महोत्सवको उदेश्य रहेको वडा अध्यक्ष सिग्देलले बताउनु भयो । वडा अध्यक्ष सिग्देलले महोत्सवमा हेटौँडा नगरभित्रका विध्यालयहरू सहभागी हुन र विध्यार्थीलाई महोत्सवमा अवलोकन गराउन विध्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ ।

वडा कार्यालयले विगत वर्षमा ३ पटकसम्म आयोजना गरिएको महोत्सवमा हजारौँ विध्यार्थी, शिक्षक र अवलोकन गरिएको बताउँदै अध्यक्ष सिग्देललेविध्यार्थी, अभिभावक र शिक्षक गरि १० हजार जनाले महोत्सवको अवलोकन गराईने व्यवस्था मिलाईएको अध्यक्ष सिग्देलले बताउनुभयो । नृत्य प्रतियोगितामा प्रथम २० हजार द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, विज्ञान विषयको प्रदर्शनीमा प्रथम ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, चित्रकला प्रतियोगितामा प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार रहेको वडा कार्यालयको सचिव रामप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.