Alag Dhar

आजदेखि काभा महिला भलिबल च्याम्पियन

काठमाण्डौं । काठमाण्डौमा आजदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’ शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा बिहान ११ बजे इरान र बंगलादेशबीच हुनेछ । औपचारिक उद्घाटन दिउँसो २ बजे आयोजना गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ । त्यसपछि दिउँसो साढे ३ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । एफआईबीबीको आधिकारिक वरीयतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्‍याङ्किङमा सुधार गर्ने अवसर दिनेछ ।

काभा च्याम्पियनसिपमा नेपाल निरुता ठगुन्नाको कप्तानीमा मैदान उत्रिनेछ । १४ सदस्यीय टोलीमा ६ युवा खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । रिमा कुँवरले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छन् । त्यस्तै टोली उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

सन् २०१९ र २०२२ को उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ । नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ ।

मुख्य समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.