Alag Dhar

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ ।

सिङ्गापुरमा आज भएकाे उद्घाटन नेपालले चीनलाई २२१ रनले हरायाे । नेपालले दिएकाे ३१४ रनकाे लक्ष्य पछ्याएकाे चीनले १९ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमायाे । चीनकाशेन्जियान झेङले ३१ रन बनाए । नेपालका कुशल मल्लले ३ तथा साेमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायाे । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ४३ बलमा १६ छक्का र ५ चाैकाकाे मद्दतमा १२९ रन बनाएर आउट भए । यस्तै कुशल मल्लले नटआउट ८५, राेहित पाैडेलले ६९ रन बनाए । चीनका मा क्वानचेङ र देङ जिनकीले १/१ विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकाे याे दाेस्राे धेरै रन हाे । यसअघि सन् २०२३ मा नेपालले एशियाली खेलकुदमा मङ्गाेलियासँगकाे खेलमा ३१४ रन बनाएको थियो ।

आजकाे खेलमा कुशल भुर्तेलले खेलको नवौँ ओभरमा ६ छक्का प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो र विश्वका छैटौँ खेलाडी हुन् ।

याे जीतसँगै नेपाल समूह ‘ए’ काे शीर्ष स्थानमा छ । याे समूहमा नेपाल, चीन र मलेशिया छन् । यसअघि यो समूहमा रहेको कतारले प्रतियोगितामा सहभागिता नजनाएपछि समूहमा ३ वटा टोली रहेका हुन् । यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन्।

मुख्य समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.