Alag Dhar

वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।”

विश्व वातावरण दिवस ९जुन ५० २०२६ का अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।”

उहाँले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यका लागि खतरामात्र नरहेर वर्तमान समयमा नै यसको प्रभाव देख्न सकिने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “प्रकृति र वातावरण मानव जीवनको आधार हो, स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार हो, नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्, यस विशेष दिनले हामी सबैलाई वातावरण संरक्षणतर्फ सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ । रासस

मुख्य समाचार

दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

इनरुवा ।सुनसरीको दुहबी नगरपालिकामा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ । नगरपालिका क्षेत्रका...
वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैला...
सुन तोलामा  २ हजार १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेप...
हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडा । हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने भएकाे छ । जेठ ३० गते विहान ८:०० बजेदेखि वेलुका ४:०० बजेसम्म हेटाैँडा-४ ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.