
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ । शनिबार हेटौंडामा भएको प्रथम अधिवेशनले ५ वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश) सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारी चयन हुनुभएको छ ।
अधिवेशनबाट सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल सदस्य चयन हुनुभएको छ । हरिहर खतिवडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याल क्षेत्र नमबर २ को सभापतिको रुपमा पनि निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव विशभ अधिकारीले जानकारी दिनुभयो। मकवानपुरका १० वटै पालिकाबाट ४ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित जिल्ला समिति सदस्य मध्येबाट एकजनालाई कोषाध्यक्षमा मनोनित गरिने पनि सचिव अधिकारीले जानकारी दिनुभयो ।
कार्यवाहक सभापति प्रतिनिधि सभा सदस्य प्रकाश गौतमको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो। उद्घाटन समारोहमा रास्वपा केन्द्रीय ¥याट विभागका प्रमुख वैकुण्ठ थापा (आशिष), केन्द्रीय सदस्य विन्दवासिनी कंशाकारको पनि आतिथ्य रहेको थियो ।
