Alag Dhar

रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवारी कायम

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार कायम रहेको छ । २ जना सांसदसहित ५ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको उम्मेदवारी कायम रहेको हो । मंगलबार राती अबेर पनि निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । जस अनुसार काभ्रेबाट निर्वाचित सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता गरेका छन् । सार्वजनिक गरिएको उम्मेदवारहरूको अन्तिम नामावली सभापतिमा रामेछापका हरि बहादुर खत्री, नुवाकोटका डा। अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल रहेका छन् । बुधबार बिहान पनि निर्वाचन कार्यतालिका अनुसार मतदान हुन नसकेपाछि बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो ।

त्यस्तै रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले खुला सदस्य, समावेशी (दलित, महिला, अल्पसंख्यक) र विभिन्न निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारहरूको वर्गीकरण गरेको छ। सदस्य पदका लागि काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछाप जिल्लाका प्रतिनिधिहरू चुनावी मैदानमा उत्रिएका छन्। अन्तिम नामावली प्रकाशन भएसँगै बुधबार बिहानबाट मतदानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.