Alag Dhar

Day: २०८३ जेष्ठ २७, बुधबार ०९:२८

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नुपरेको हो । यस्तै झन्डै ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्ने छ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो । केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराउने उल्लेख छ । बागमती प्रदेशको…
Read More
आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना छ । आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन हुनेछ । यसअघि गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो । झापासहित दाङ, तनहुँ, काठमाण्डौमा मध्यमसम्मको वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ । पर्सी शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी…
Read More
सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
Read More
रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवारी कायम

रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवारी कायम

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार कायम रहेको छ । २ जना सांसदसहित ५ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको उम्मेदवारी कायम रहेको हो । मंगलबार राती अबेर पनि निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । जस अनुसार काभ्रेबाट निर्वाचित सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता गरेका छन् । सार्वजनिक गरिएको उम्मेदवारहरूको अन्तिम नामावली सभापतिमा रामेछापका हरि बहादुर खत्री, नुवाकोटका डा। अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल रहेका छन् । बुधबार बिहान पनि निर्वाचन कार्यतालिका अनुसार मतदान हुन नसकेपाछि बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । त्यस्तै रास्वपा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.