Alag Dhar

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा डडेलधुरामा ४४ मिलिमिटर पानी परेको छ । पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२।३ डिग्री सेल्सियस रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ । अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ ।

तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो । गए राति पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ । धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासीपूर्व, तनहुँलगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई छ ।

भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रने गर्छ ।

आज जुन १२ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रने मौसमविद्को अनुमान छ

मुख्य समाचार

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि...
आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  काठमाण्डौ । आज पहाडी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्...
चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चिनियाँ कृत्तिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ । चीनको वाणिज...
विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ । नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएरात...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.