Alag Dhar

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नुभएको हो । परराष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ ।

मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ । उहाँले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री खनाल नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने मन्त्रालयले जानकारी दिएको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनुहुनेछ ।

यसअघि मन्त्री खनालले गएको जेठ २२ देखि २४ गतेसम्म ३ दिन भारत भ्रमण गर्नुभएको थियो । नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ ।

मुख्य समाचार

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.