Alag Dhar

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी सहभागी हुनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री डा। बाबुराम भटराई पनि उद्घाटन समारोहमा सहभागी बन्नुभएको छ ।

स्थापनाको ४ वर्षमै झन्डै दुई तिहाइ बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको रास्वपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्त्वका साथ हेरिएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नीतिमा पार्टीको सङ्गठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ । अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ । तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ । यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहर्ने छ ।

महाधिवेशनमा ४ हजार २०० जनाभन्दा धेरै प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । महाधिवेशनमा गर्न लागिएको प्रस्तावमा केन्द्रीय समितिमा १५१ जना निर्वाचित हुने र ७ जना प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ ।

महाधिवेशनमा २ चरणको मतदान प्रक्रिया हुनेछ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने तथा दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चुनाव हुने रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेशिन प्रयोग गरिनेछ र देशबाहिर रहेका रास्वपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन् । भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.