२०८३ असार ७, आईतवार १०:५४
२०८३ असार ७, आईतवार १०:५४
हेटौंडा । नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा निर्माण गरिएको भवनको आइतबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उद्घाटन गर्नुभएको हो । करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको साढे तीन तले भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था समेत रहेको छ । भवन एसएनपी–छुमा गणेश जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो । २०८० मंसिर ८ गते निर्माण सम्झौता भएको उक्त परियोजना एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि एक पटक म्याद थप गरी निर्माण कार्य सम्पन्न गरिएको थियो । भवन उद्घाटन समारोहलाई सम्बोधन…