Alag Dhar

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ मा निर्माण गरिएको भवनको आइतबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उद्घाटन गर्नुभएको हो । करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको साढे तीन तले भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था समेत रहेको छ । भवन एसएनपी–छुमा गणेश जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो ।

२०८० मंसिर ८ गते निर्माण सम्झौता भएको उक्त परियोजना एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि एक पटक म्याद थप गरी निर्माण कार्य सम्पन्न गरिएको थियो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपाल बैंकले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै आधुनिक बैंकिङ सेवातर्फ सफलतापूर्वक यात्रा गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल बैंकसँग हेटौंडाको पनि लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता गौरवशाली संस्थाहरूलाई संरक्षण र सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । मुलुक आधुनिकीकरणको दिशामा अघि बढिरहेका बेला बैंकिङ क्षेत्रले पनि प्रविधिमैत्री र सेवामुखी रूपान्तरणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले नयाँ भवनबाट सेवाग्राहीले अझ आधुनिक, छरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)तिलकराज पाण्डेयले वर्तमान सरकारसँग सहकार्य गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा बैंकले सक्रिय भूमिका खेलिरहेको बताउनुभयो । सरकारले सार्वजनिक गरेको बजेट र नीतिलाई सहयोग पुग्ने गरी बैंकले आफ्ना कार्यक्रम तथा लगानी रणनीति तय गरेको उहाँको भनाइ थियो ।

सीईओ पाण्डेयले विगतको तुलनामा बैंकका सेवा र सुविधामा उल्लेखनीय सुधार आएको दाबी गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

प्रविधिको प्रयोग बढेसँगै कर्मचारी व्यवस्थापनमा समेत दक्षता आएको उल्लेख गर्दै उहाँले अहिले विगतको तुलनामा आधाभन्दा कम जनशक्तिबाट पनि प्रभावकारी सेवा प्रवाह गर्न सम्भव भएको बताउनुभयो ।

उहाँले ठूला उद्योगी व्यवसायीदेखि साना किसानसम्मलाई वित्तीय पहुँचमा जोड्ने प्रयास भइरहेको उल्लेख गर्दै सार्वजनिक खरिद ऐनका केही जटिल व्यवस्थाका कारण लगानी तथा विकासका काममा अपेक्षित गति आउन नसकेको गुनासो गर्नुभयो ।
नेपाल बैंक लिमिटेडका अनुसार हाल बैंकको सेवा सञ्जाल देशका ७१ जिल्लामा विस्तार भएको छ ।

सातै प्रदेशमा गरी बैंकका २३१ शाखा सञ्चालनमा रहेका छन् । बैंकमा करिब ४ सय अर्ब रुपैयाँ निक्षेप रहेको तथा २ सय ६० अर्ब रुपैयाँ कर्जा लगानी भएको जानकारी दिइएको छ । साथै बैंकले देशभर २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत विभिन्न सरकारी, निजी तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.