Alag Dhar

आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

काठमाण्डौं । आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासमा बाढीको आस्मिक जोखिम छ ।

यस्तै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भई बहने नदीहरूमा बहाव आकश्मिक बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मुख्य समाचार

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डौं । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको...
रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै ९० मिनेट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधा...
सुनचाँदीको भाउ आज पनि घट्यो,  सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारको दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०...
आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

काठमाण्डौं । आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.