Alag Dhar

संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता

झापा । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।

नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।

सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर ९कुल ३० मिटर० क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको अवधि बितिसक्दा पनि केही घरधनी तथा व्यवसायीहरूले संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले भत्काउने चेतावनी दिएको छ । यसरी संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनीबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.