Alag Dhar

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा  पहिरोले  सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक पनि अवरुद्ध भएको छ । गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि अवरुद्ध भएको छ।

यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । रासस

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.