Alag Dhar

रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

मकवानपुर । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविना गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार बसेको व्यवस्थापन समितिको बैठकले कक्षा–४ मा अध्ययनरत रोशिका मुक्तान र कक्षा–१० मा अध्ययनरत सांसरिका मुक्तानकी अभिभावक (आमा) गोलेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

यसअघि साउन २ गते सम्पन्न निर्वाचनबाट व्यवस्थापन समिति सदस्यमा गोलेससहित सरिता दाहाल, अशोक पण्डित र शिवप्रसाद अगस्ती निर्वाचित हुनुभएको थियो । व्यवस्थापन समितिको बैठकबाट शिक्षक अभिभावक संघ पनि गठन गरिएको विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद दाहालले जानकारी दिनुभयो । ध्रुब देवकोटाको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । संयोजक देवकोटासहित ७ जना अभिभावक र ४ जना शिक्षक सम्मिलित ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो । देवकोटा कक्षा–१० मा अध्ययनरत सरिस्मा देवकोटाका अभिभावक हुनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिको बैठक बस्नुअघि बुधबार नै विद्यालयका शिक्षक–कर्मचारीको बैठकले शिक्षक मोहनप्रसाद न्यौपानेलाई विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा चयन गरेको थियो । विद्यालय व्यवस्थापन समितिमा वडा प्रतिनिधि वडाध्यक्ष विष्णुगोपाल महर्जन नै सहभागी हुनुहुन्छ । १२ कक्षासम्म पठनपाठन हुने सिद्धार्थ माविमा २ हजार विद्यार्थी अध्ययनरत छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.