Alag Dhar

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

हेटाैडा । हेटाैडा-६ चा‌ैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस  सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती  प्रदेश सभाका सांसद एकालाल श्रेष्ठले  उदघाटन गर्नु भएको  छ । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद श्रेष्ठले  शिक्षालाई राेजगार संग जाेड्न सके विदेशमा अध्ययन गर्न जाने विधार्थीलाई राेक्न सकिने बताए  । शिक्षा र स्वास्थ्यलाई राज्यले अधिकतम  बजेट विनियोजन  गर्नु पर्ने बताउदै सांसद  श्रेष्ठले  प्रदेश सरकारले स्थानीय क्षेत्रमा सबैभन्दा  बढी विकास गरेकाे दावी गरे ।

बंशगाेपाल बहुमुखी  क्याम्पसलाई मकवानपुरको  पूर्वी शैक्षिक  गहनाकाे हवकाे रुपमा विकास गर्न आफूले सदैव सहयाेग गर्ने बताए । सांसद श्रेष्ठले  भने जवसम्म पढ्दै कमाउदैकाे अवधारणा  पूरा हुदैन तवसम्म अध्ययन गर्न विदेश जाने क्रमलाई राेक्न सकिँदैन ।

क्याम्पस  सभाकाे बन्दसत्रले विश्वराज राईकाे अध्यक्षतामा ८ सदस्यीय  नयाँ  क्याम्पस  ब्यवस्थापन  समिति सर्वसम्मत गठन गरेकाे छ  । समितिकाे उपाध्यक्षमा  पूर्णभद्र चाैलागाई सदस्यहरुमा पुष्पराज अधिकारी, उदय बिडारी, विक्रम सञ्जेल, शुभद्रा तिमल्सिना , भरत सापकोटा र समाधान  सापकोटा चयन भएका छन । १३ सदस्यीय समितिमा ५ सदस्य मनाेनित गर्ने ब्यवस्था छ ।

सभामा क्याम्पसका अध्यक्ष  उज्वल चाैलागाईले विधालयकाे शैक्षिक तथा आर्थिक  प्रतिवेदन पेश गरेका थिए ।

क्याम्पसका अध्यक्ष  उज्वल चाैलागाईकाे सभाध्यक्षतामा भएकाे सभामा हेटाैडा-६ का कार्यवाहक वडा अध्यक्ष  विजय पाैडेल राष्ट्रिय  परीक्षा  बाेर्डका प्रमुख बद्री बहादुर पाठक, ,हेटाैडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरण बहादुर जाेशी, मकवानपुर  बहुमुखी क्याम्पसका प्रमुख डाक्टर  यम सिलवाल, उधाेगपति अरुणराज सुमार्गी, टाेल विकास संस्था वडा समन्वय  समिति हेटाैडा-६ का अध्यक्ष  बासुदेव खतिवडा, राष्ट्रिय  स्वतन्त्र  पार्टी  हेटाैडा नगर  सचिव नरहरि चाैलागाई, राष्ट्रिय  प्रजातन्त्र  पार्टीका गुरु प्रसाद सापकोटा लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

क्याम्पसमा १ सय ७५ विधार्थी अध्ययनरत छन ।  २ तल्ले ५ काेठे क्याम्पस  भवन  ७५ लाखकाे लागतमा  निर्माण  गरिएको  क्याम्पस  प्रशासनले जनाएको  छ ।

मुख्य समाचार

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

हेटाैडा । हेटाैडा-६ चा‌ैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस  सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती  प्रद...
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्...
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई...
पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

काठमाण्डौं । आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात् ‘वर्ल्ड ड्राउनिङ प्र...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.