Alag Dhar

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ ।

डढेलोका कारण दुवै देशमा ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौँ अग्निनियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म ४२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलोमध्ये एक मानिएको छ । समुद्री तटीय शहर पोर्जमा मात्रै १५० भन्दा बढी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

स्पेनमा पनि डढेलोको संकट गम्भीर बनेको छ । अहिलेसम्म ७७ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भएको छ भने डढेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।

स्पेनमा एकजनाको ज्यान गएको पुष्टि भएको छ भने फ्रान्समा यसअघि आगो निभाउने क्रममा दुई अग्निनियन्त्रकको ज्यान गएको छ । डढेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन्द क्षेत्रमा दुई हजार पाँच सय अग्निनियन्त्रक, एक हजार पाँच सय सैनिक, झण्डै एक हजार दुई सय प्रहरी परिचालन गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले आवश्यक समयसम्म साथ दिने प्रतिबद्धता जनाउनु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले केही घण्टा अझै चुनौतीपूर्ण रहने चेतावनी दिँदै जलवायु संकटको सामना गर्न दीर्घकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको  छ ।

 विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक तापक्रम, लामो खडेरी र सुख्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डढेलोका घटना लगातार बढ्दै गएको चेतावनी दिएका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.