Alag Dhar

विश्व बाघ दिवस : आज राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गरिँदै

काठमाण्डौ ।   आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्ने भएको छ  ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वमा सन् २०१० मा झण्डै तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ । सन् २०१० मा रुसमा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ ।

मुख्य समाचार

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको ...
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

काठमाडौं।  आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ । व्यक्ति, समुद...
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद...
आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.