सुनसरीको कप्तानगञ्न घटनामा थप एक जना घाइतेको मृत्यु भएको छ ।
२२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ ।
यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सुन्सरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएको थियो ।
रवीन्द्रको मृत्युसँग आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।