Alag Dhar

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

काठमाण्डौ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

संस्थाका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था नाफामा जान सफल भएको हो ।

उहाँले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभएको छ । जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाण्डौ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ ।

अहिले नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ । सरकारले विनियोजन गरेको २४ करोड रुपैयाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके २२ प्रकारका औषधि उत्पादन गर्न सकिने जनाइएको छ । आउँदो दुई महिनाभित्र मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आइरन–फोलिक एसिड, जुकाको औषधि तथा एजिथ्रोमाइसिनलगायत सरकारले निःशुल्क वितरण गर्ने अत्यावश्यक औषधि उत्पादन गरी बजारमा ल्याउने तयारी पनि भइरहेको छ ।

सरकारले पनि नेपाल औषधि लिमिटेडलाई प्राथमिकतामा राखेको छ । शासकीय सुधारका १०० बुँदे कार्यक्रममा आउँदो तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि यही संस्थाबाट उत्पादन गर्ने लक्ष्य समावेश गरिएको छ ।

मुख्य समाचार

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

काठमाण्डौ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको ...
भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् । रियालले विज्ञप्तिमार्फत...
केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ । कञ्चनपुरको ...
मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.