२०८३ श्रावण २२, शुक्रबार ०९:५१
२०८३ श्रावण २२, शुक्रबार ०९:५१
काठमाण्डौ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो । संस्थाका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था नाफामा जान सफल भएको हो । उहाँले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभएको छ । जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाण्डौ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, पालिका र संघीय अस्पतालसम्म औषधि…