Alag Dhar

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरिएको हो । यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम तथा विन्टर ओलम्पिक्स तयारीका निम्ति यो बजेट पारित गरिएको हो ।

साधारणसभामा संघकी उपाध्यक्ष रमा भट्टराईले कार्ययोजना प्रस्तुत गरेकी थिइन् । महासचिव विजय श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्ययोजना र यी दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको संघले जनाएको छ ।

नयाँ लेखापरीक्षकको नियुक्ति र अर्को वर्ष नियमित साधारणसभा गर्ने निर्णय पनि गरिएको छ । स्की संघले बीआर पराजुली एन्ड एसोसिएट्सलाई लेखापरीक्षकका निम्ति चयन गरेको छ ।

साधारणसभामा भौतिक र ‘भर्चुअल’ रूपमा स्की संघका पदाधिकारी र सदस्यले सहभागिता जनाएका थिए ।

मुख्य समाचार

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उ...
नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरि...
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाण्डौ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.