Alag Dhar

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो ।

सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनेको छ । आजका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

विपद्का कारण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीसमेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।

विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरण गर्न विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थालाई भनिएको छ । प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्श उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राखी विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले विश्वविद्यालय पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

मुख्य समाचार

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिए...
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित ग...
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र ...
रसुवा बाढी :  झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

रसुवा बाढी : झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

काठमाण्डौ ।   रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३८९ जना पुगेको छ । राष्ट्रिय विपद् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.