Alag Dhar

Day: २०८३ भाद्र १२, शुक्रबार ०६:०२

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, चितवनमा १७८ जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो । अहिलेसम्म झण्डै दुई हजार जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ । अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७…
Read More
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो । सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनेको छ । आजका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । विपद्का कारण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीसमेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ…
Read More
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा वर्षा भइरहेको छ । गएराति देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नवलपरासी पूर्वमा सबैभन्दा धेरै ७३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । पाल्पा, तनहुँ, बाँकेलगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै…
Read More
रसुवा बाढी :  झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

रसुवा बाढी : झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

काठमाण्डौ ।   रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३८९ जना पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो । अहिलेसम्म १ हजार ९७६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ । अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक…
Read More
आज जनैपूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाण्डौ । जनै एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने चलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.