Alag Dhar

इजिप्ट चौथो पटक फिफा विश्वकपमा छनोट

मकवानपुर । इजिप्ट सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ ।

अफ्रिकन छनोटअन्तर्गत लार्बी जाउली रङ्गशालामा बुधबार राति भएको समूह ‘ए’ को खेलमा इजिप्टले डिजिबुटीलाई ३–० गोलले हरायो ।

इजिप्टको जितमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गर्नुभयो । एकपक्षीय खेलमा कप्तान सलाहले १४औँ र ८४औँ मिनेटमा दुई गोल गर्नुभएको हो ।

यसअघि आठौँ मिनेटमा इब्राहिम एडेलले सुरुवाती गोल गर्नुभएको थियो । खेलभर इजिप्टको दबाब झेलेको डिजिबुटीले गोल गर्न लायक अवसर बनाउन सकेन ।
जितसँगै समूहको शीर्षस्थानमा रहेको इजिप्टले नौ खेलबाट २३ अङ्क बनाएको छ । यो दोस्रो स्थानमा रहेको सियरा लियोनकोभन्दा पाँच अङ्कले माथि हो । अब सबै टोलीले एक एक खेल खेल्न बाँकी छ ।

इजिप्टले चौथो पटक फिफा विश्वकपमा स्थान बनाएको हो । यसअघि उसले सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको थियो । यस्तै इजिप्ट विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकन तथा समग्रमा १९औँ देश हो ।

यसअघि अफ्रिकाबाट मोरोक्को र ट्युनिसिया, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा एसिया प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गर्दै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

आयोजक देशको हिसाबले अमेरिका, क्यानाडा र मेक्सिकोले सोझै विश्वकपमा स्थान बनाएका छन् । पहिलो पटक ४८ टोलीको सहभागिता रहने सन् २०२६ को फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म हुने छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.