Alag Dhar

वन खाएको पुतलीले कृषिमा समेत असर पुर्‍याउने जोखिम

मकवानपुर । बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतलीले ठुलो क्षति पुर्‍याएको वरपरमा लगाइएको कृषि बालीमासमेत असर पुर्‍याउने जोखिम बढेको छ । बबई गाउँपालिकाभित्र रहेका पदमपुर, चित्तलगैरा, पूर्व हापुरे, सीम गैरा, खयरभट्टी, बाघदैला, पानीसवालगायतका सामुदायिक वनमा पुतलीले करिब ११ सय हेक्टर क्षेत्रफलमा रहेका लाथ्रा, बल्लाबल्ली, खावा, बुट्यानसमेत खाएर नष्ट गरेको छ ।

पुरन्धारा सवडिभिजन वन कार्यालय पूर्व हापुरेका प्रमुख वरिष्ठ वन अधिकृत खिमबहादुर केसीले मौसम परिवर्तन भएसँगै महुत प्रजातिको पुतलीले रुखको डाँठ, हाँगामा देखिने हरियो, चम्किलो अण्डा खसालेर नष्ट गर्ने कामको सुरुवात गर्र्न थालिएको बताउनुभयो ।

उहाँले जैविकरूपमा पानीको फोहोरा, चिप्लो पट्टी प्रयोग गरेर वयस्क मौथ, प्यूवा हटाइने बताउनुभयो । केसीका अनुसार रासायनिक औषधी छर्किएर समेत किरा नियन्त्रण गरिने बताउनुभयो । केसीले समयमै नियन्त्रण गर्न नसके त्यस क्षेत्रमा हिउँदयाममा लगाइने तोरी, गहुँ, जौँ खेतीमा समेत ठुलो असर पुर्‍याउन सक्ने जोखिम रहेको बताउनुभयो । केसीले थप अध्ययनका लागि डिभिजन वन कार्यालयमार्फत् अनुसन्धान गर्ने निकायमा पठाइएको बताउनुभयो ।

केसीका अनुसार करिब चार वर्ष अघि घोराही उपमहानगरपालिकामा वडा नम्बर ११मा रहेका चार वटा सामुदायिक वनमासमेत यस्तै समस्या आएको बताउनुभयो । केसीले भन्नुभयो, ‘‘विगतमा पनि यस्तै समस्या सामुदायिक वनमा देखिएर केही नमुना परीक्षणका लागि पठाएका थियौँ, तर यस विषयमा कुनै जानकारी नआएपछि उपभोक्ताहरुले पुतलीको प्यूपा टिपेर नष्ट गर्नुभएको थियो ।’’ उहाँले बबई गाउँपालिकाभित्रका सामुदायिक वनमा देखिएको समस्या समाधानका लागि उपभोक्ता र डिभिजन वन कार्यालयको समन्वययमा समाधान गरिने बताउनुभयो ।

पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञान्द्रबहादुर खड्काले सामुदायिक वनमा रुखका सबै पात खाइदिएपछि ठ्लो क्षति भएको बताउनुभयो । उहाँले पात खाइदिए पछि वन नै उजाडिएको बताउनुभयो । ‘‘पात सबै खाइदिएको छ, जम्मै रुख ठ्याङ्ग्रामा परिणत भएका छन्’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘ठुला रुख सकेर अहिले भूइँमा रहेका बुट्यान, झारपात पनि सबै सखाप पारेको छ । किराले रुखका पात खाइदिएपछि उपभोक्ताहरुलाई साल, बकाइनो, टिक, सिसोका रुख पलाउने हुन् कि होइनन् भन्ने चिन्ता थपिएको छ ।’’

मुख्य समाचार

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डौं । आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाईंदैछ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिला अधिक...
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्व...
अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ...
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.