Alag Dhar

धान भित्र्याउने काममा व्यस्त सप्तरीका किसान

मकवानपुर । चाडपर्वको बेला पनि सप्तरीको किसान धान काट्न र भित्र्याउन व्यस्त भएका छन् । छरेको ९० दिन र रोपेको ६० दिनमा तयार भएको धान भित्र्याउन किसान व्यस्त भएका हुन् ।

खेतमा लगाइने विभिन्न जातका धानमध्ये सबैभन्दा पहिले उत्पादन हुने जिरा मंसुरी(कतरनी) धान र साइठी अर्थात् ६० दिनमा नै उत्पादन भएको धान दसैँ सकिएलगत्तै किसानहरू काट्न र भित्र्याउन व्यस्त भएका हुन् । मंसुली, सोना, सोना मंसुली, सुखा तिल, राधा १२, अगहनी लगायतका धानहरू विस्तारै तयार हुँदै जाने र काट्दै जाने तिरहुत गाउँपालिका ४ मा धान काट्दै गर्नुभएको ६० वर्षीया झवरी रामले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जिरा मंसुरी धान रोपेका किसानहरूले धमाधम धान भित्र्याउन थालेका हुन । अहिले भित्र्याउन भने खेतमै झरेर मासिने भएकोले चाँडपर्वसँगै धानलाई प्राथमिकतामा राखेर काट्न र भित्र्याउन व्यस्त भएका हौं ।’’

जिल्ला कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख किशुन देव राउतले साठी दिनमा तयार भएको धान जिल्लामा दसैँलगत्तै धमाधम कटान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कतरनी धान छिटो उत्पादन हुने धान हो । यसको भात मिठो हुन्छ । यो धान प्रति कठ्ठा साँढे तीन मनदेखि ५ मनसम्म उत्पादन हुँदै आएकाले यो जिल्लामा बढी उत्पादन भएकाले चाँडपर्वसँगै धान काट्ने कामलाई किसानले निरन्तरता दिएका हुन् ।’’

कृषक मजदुर महिलाहरूको ज्यालामा शोषण
सप्तरीमा कृषि क्षेत्रमा काम गर्ने महिला मजदुरलाई न्यून पारिश्रमिक दिएर श्रम शोषण गरिरहँदा जिल्लाको तिरहुँत गाउँपालिकाका मजदुर महिलाहरू आर्थिक रूपमा थप शोषणमा परेको स्थानीय मजदुर महिलाहरूले बताए ।

तिरहुँत गाउँपालिकाको महिला मजदुरहरूले दिनभरि धान काटे बापत दिनको चार सय रूपियाँ पाउदै आएको सोही ठाउँमा धान काट्दै गर्नुभएको ५० वर्षीया सरिता रामले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘दिनभरमा एक कठ्ठा धान काट्नै पर्ने बाध्यता हुन्छ ज्याला भने चारसय मात्र पाइन्छ ।’’

काम गरिन भने भोकभोकै बस्नुपर्ने बाध्यता छ । काम नगरी खान नपाइने भएकोले कम ज्यालामा हामी महिला मजदुरले काम गर्नुपर्ने बाध्यता भए पनि सम्बन्धी निकायले यस विषयमा ध्यान दिन नसकेको अर्का कृषक मजदुर महिला ललिता रामले बताउनुभयो ।

यसै जिल्लाको अन्य पालिकामा धान रोप्न, काट्न, कमौनी लगायतमा खेतमा काम गर्ने मजदुर महिलाले दिनको पाँच सय पाउँदै आए पनि यस पालिका भित्र महिला मजदुरलाई थप श्रम शोषण हुँदै आएकाले महिलाहरूको कामको उचित मूल्याङ्कन गरी सम्मानजनक ज्याला पाउने व्यवस्था सम्बन्धित निकायले गर्नुपर्ने उहाँले बताउनुभयो ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.