Alag Dhar

मुक्तिनाथको १०८ धाराको उचाइ बढाइने

मकवानपुर । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान गर्ने क्रममा तिर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाइने भएको छ ।

मन्दिर पछाडी रहेको धारामा स्नान गर्ने क्रममा दैनिकजसो चोट लागेर नजिकै रहेको स्वास्थ्य संस्थामा जानुपर्ने समस्या हट्ने भएको हो । मन्दिरमा भिडभाड हुदाँ हतारिएर स्नान गर्दा चोट लाग्ने गरेकाले अब सहजै स्नान गर्न मिल्ने गरी धाराको मर्मत गरिने मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका अअध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘धारामा निहुरिएर नुहाउनु पर्ने बाध्यता छ, मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई कुनै समस्या हुन नदिनेमा प्रतिबद्ध छौं ।’’

समितिको वार्षिका साधारणसभामा चालु आर्थिक वर्ष २०८२-०८३ सालमा बजेट सुनिश्चित गरी धाराको उचाई बढाउने निर्णय भएको समेत प्रजिअ भुषालले बताउनुभयो । धारामा स्नान गर्ने क्रममा जाली च्यातिएर खुट्टामा समेत चोट लाग्ने गरेको छ ।

धाराको उचाई बढाउन पूर्वाधार कार्यालयमार्फत डिजाइन बनाएर स्थानीय सरोकारावालासँग समेत छलफल गरी मर्मतकार्य गरिने समितिले जनाएको छ । यसैबीच धारा र दुई कुण्डमा रेनकोट, प्लाष्टिक र स्विमङ ड्रेस लगाएर स्नान गर्ने प्रबृत्ति बढेको भन्दै तत्काल रोक लगाइएको छ । धारा र कुण्डमा स्नान गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी रेलिङ सहित ढुङ्गा बिछइएकाले सहज भएको छ । मन्दिरमा संकलन भएको भेटी र चन्दाले पुरानो स्वरुपलाई असर नगर्ने गरी पूर्वाधार थपिएपछि तिर्थालुलाई सहज भएको छ । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । संसारको जुनकुनै स्थानमा भएपनि एकपटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुन्छ ।

हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ भने बौद्धमार्गी अनुसार तिब्वतबाट बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

समुन्द्र सतहदेखि ३ हजार ६१० मिटरको उचाईमा अवस्थित मन्दिरमा आउने तिर्थालुलाई रानीपौवाबाटै सहज हुने गरी आवश्यक सुविधामा प्रतिबद्ध रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता प्रमेश गुरुङले बताउनुभयो । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी बार्षिक करिब ८ लाखको आगमन रहेको छ ।

नेपाली, भारतीय र तेस्रो मुलुकबाट आउने तिर्थालुले मन्दिर परिसर बाहिर र भित्र राखिएको पाँचवटा दानपेटिका, नगद रसिद काँटेर गरिएको दानबाट समितिको खातामा दानपेटिका र रसिदमार्फत चढाएको ११ करोड १९ लाख समितिको खातामा रहेको छ ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.