Alag Dhar

राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइयो

मकवानपुर । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती आइतबार नेपालगञ्जमा मनाइएको छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा र योग समिति नेपाल तथा पतञ्जलि योग समितिको सहकार्यमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको हो ।

पछिल्लो समय समुदायमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा आयुर्वेद र आयुर्वेदको महत्व बढ्दै गएको कार्यक्रमका सहभागिले जोड दिएका थिए । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८२ को अवसरमा समाजमा नसर्नेरोगको उपचार र निदानमा आयुर्वेदको अतुलनिय योगदान रहेको चर्चा गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा.आलोक कुमार पाण्डेले पछिल्लो तथ्याङ्ग अनुसार ७० प्रतिशत मृत्युको कारण नसर्नेरोग भएको पाईएको उल्लेख गर्दै यसको उपचार योग र आयुर्वेदबाट मात्र संभव हुने कुरामा जोड दिनुभयो ।

नेपालगञ्ज उपमहानगर आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले आयुर्वेद उपचार पद्धतीमा योग र ध्यानका माध्यामबाट उपचार गरिदा नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, बाथ, मृगौलालगायतका रोगमा उपचार संभव भएकोले यसको बारेमा जनचेतना जनस्तरसम्म पुराउन आवश्यक रहेको औँल्याउनुभयो ।

आयुर्वेदमा व्यक्तिको स्वास्थ्य रक्षा गरी रोगको निवारण गर्ने मुख्य उदेश्य भएकोले पनि यसको महत्व बढ्दो रहेको नेपालगञ्ज शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत डा। शिवराज सुवेदीले बताउनुभयो।

बाँकेमा एक वर्षमा करिव ९० हजारले आयुर्वेद सेवा लिनुभएको पाईएको छ । धनवन्तरी दिवसको अवसरमा आयुर्वेदको उपदेयिता जनस्तरसम्म पुराउन सके नसर्नेरोग निराकरण गर्न सजिलो हुने दाबी गरिएको छ ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.