Alag Dhar

प्रदेश अस्पताल गोरखामा शुक्रबार बिहान देखी नर्सहरुको धर्ना

मकवानपुर । गोरखाको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान खि धर्ना दिएका छन् । अस्पताल प्रशासनको भवन अगाडि धर्ना दिँदै हात हातमा प्ले कार्ड लिएर सरकारी नर्सहरु सरह तलब सेवा सुविधा र सुरक्षित वातावरणको माग गर्दै धर्ना दिएका हुन् ।

नर्सहरुले समयमै नियमित तलब नपाएको, कामको भार अत्यधिक बढेको र पद अनुसारको पारिश्रामिक नपाएकाले नर्सहरुले सरकार र अस्पताल प्रशासनले आफ्ना माग बेवास्ता गरेको आरोप लगाएका छन् ।

धर्नामा सहभागी हुनुभएकी नर्स सन्तोषी श्रेष्ठले भन्नुभयो, ‘हामी सेवा गर्न आएका हौं तर हाम्रो श्रमको उचित मूल्य नपाउनु अन्याय भएकाले नर्सलाई शोषण गर्न पाइँदैन भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु हो ।’

प्रदेश अस्पताल गोरखामा कार्यरत सम्पूर्ण नर्स तथा कर्मचारीले आन्दोलनमा एक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् । अस्पताल प्रशासनका अनुसार आन्दोलनका कारण सामान्य स्वास्थ्य सेबा प्रभावित भएको छ भने आकस्मिक सेवा भने यथावत् राखिएको अस्पतालको जनाएको छ ।

यसअघि देशका विभिन्न अस्पतालमा नर्सहरुको समान मागसहित आन्दोलन गर्दै आएका छन् । गोरखामा सुरु भएको नर्सहरुको धर्नाले बिरामीहलाई असर त पर्दैन भन्ने बिरामीका परिवारले चिन्ता व्यक्त गरेका छन् ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.