Alag Dhar

सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

death

मकवानपुर । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मोहनजंग बुढाथोकीका अनुसार सुनारको आज बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो । चिकित्सकले सुनारलाई उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।

‘‘सुनारसँगै सुतेका अन्य थुनुवाले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,’’ डीएसपी बुढाथोकीले भन्नुभयो, ‘‘त्यसपछि सुनारलाई तुरुन्त अस्पताल पु¥याइयो, तर चिकित्सकले मृत घोषणा गर्नुभयो ।’’

प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए । चार दिनअघि सुनारको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको र शुक्रबार नै अदालतमा पेशी तय गरिएको थियो ।

डीएसपी बुढाथोकीका अनुसार घटनापछि हिरासतको सीसीटीभी फुटेज पनि परीक्षण गरिएको छ । फुटेजमा सुनार सुत्नुअघि बाथरुममा गई टाउको नुहाएर फर्किएको र सुत्दा घुर्ने भएकाले साथीहरूले नघुर्न भनेर उठाएको दृश्य देखिएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.