Alag Dhar

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । जेसीआई हेटौंडाले मकवानपुरगढी गाउँपालिका-६, गुर्दाङस्थित एक विपन्न घरपरिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग गरेको छ ।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न खाद्यान्न सामाग्री वितरण कार्यक्रमको संयोजक सरोज घिमिरे तथा मकवानपुरगढी गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक बखान सिंह पाख्रीन प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।

​संस्थाका सदस्य तथा शुभेच्छुकहरुको सहयोगमा संकलन भएका राहत सामग्रीहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएको सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी गराए । सहयोगी दाताहरूले चामल, चाउचाउ, बिस्कुट, दाल, तेल, चिउरा, भुजा, मस्यौरा, नगद, मोजा/जुत्ता र ब्ल्याङ्केट (कम्बल) जस्ता अत्यावश्यक वस्तुहरु सहयोग गरेका थिए ।

जेसीआई हेटौंडाले सामाजिक उत्तरदायित्व बहन गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा मानवीय सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा जेसीआई हेटौंडाका सन् २००५ का अध्यक्ष देवेन्द्रध्वज कार्की, सन् २००८ का अध्यक्ष कुश कुमार रिजाल र सन् २०२० का अध्यक्ष राजदेव बानियालगायत जेसीज सदस्यहरुको उपस्तिथि रहेको थियो ।

सन् २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमूल कार्यक्रम संयोजक किरण आले रहेका छन् ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.