Alag Dhar

कोहलपुरमा चितुवा आतङ्क

मकवानपुर । बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् ।

केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एकजनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् ।

सोही क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ ।

खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने गरेको बताउनुभयो ।

उहाँले निकुञ्ज नजिकै रहेको हुँदा चितुवा र बाघको डरले आफुहरु साँझैदेखि घरबाट बाहिर निस्कन नसकेको तथा हरेक समय डर र त्रासमा बस्नु परेको बताउनुभयो ।

सोही ठाउँका अर्का स्थानीय मनविर सुनारले केही दिनको अन्तरालमा कोहलपुरको निबुवादेखि खड्कवारसम्मका चार स्थानमा चितुवाले बाख्रा खाएको बताउनुभयो । उहाँले चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेको जनाउँदै सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण तत्काल हुनुपर्ने माग गर्नुभयो ।

पछिल्लो समयमा निकुञ्ज नजिकका गाउँबस्तीमा पटक पटक बाघ र चितुवा देखिने तथा आक्रमण समेत गर्ने गरेका घट्नाहरु बढ्दै गएकोप्रति अधिकांश स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.