Alag Dhar

विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध

मकवानपुर । ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सव–स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ । काम भइरहेको समयमा कोहलपुरस्थित पिपिरी क्षेत्रमा स्थानीयले अवरोध गर्दा पोल विस्तारको काम रोकिएको छ ।

कोहलपुर–९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तारगर्दा स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरिएको बताउनुभयो । उहाँले विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको जनाउँदै माग पूरा नभएसम्म काम अघि बढ्न नदिइने बताउनुभयो ।

पोल गाड्ने क्रममा खासगरी कोहलपुर नगरपालिका वडा नम्बर ८, ९ र १४ नम्बर वडाका नागरिकहरूले अवरोध सिर्जना गरिरहेका छन् । स्थानीय सरकार र स्थानीय नागरिकसँगको कुनैपनि सहमति र समन्वयबिना सुरु गरिएको काम रोकिनुपर्ने उनिहरुको भनाइ छ ।

तीन वटै वडाका वडाध्यक्षहरूले समेत उक्त कामप्रति असन्तुष्टि जनाएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले गोल्छादेखि पिप्रहवासम्म विद्युतका पोल गाड्ने काम भइरहेको जनाउँदै वडालाई कुनै जानकारी नदिएर काम सुरु गराइएको बताउनुभयो ।

कोहलपुर–१४ का वडाअध्यक्ष नमबहादुर आले मगरले वडाहरूमा जथाभावी पोल गाड्दा स्थानीयले रोकेको बताउनुभयो । उहाँका अनुसार अब संवादबाटै समाधान निकाल्नुपर्छ । कोहलपुर– ८ का वडाअध्यक्ष लालबहादुर रानाले लाइन विस्तार गर्दा कुनैपनि जानकारी नगराइएको जनाउँदै घर नजिकै पोल गाड्दा सुरक्षा जोखिम हुने हुँदा स्थानीयले अवरोध गरेको बताउनुभयो ।

उता, नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयल नेपालगन्जले कोहलपुर क्षेत्रमा लाइन विस्तार गर्दा कार्यालयले नियमसंगतरूपमा काम गरिरहेको जनाएको छ ।

डिभिजन कार्यालयका प्रमुख दिपक गौतमले नेपालगन्ज–कोहलपुर सडकखण्डको पिप्रहवादेखि कोहलपुर–१० स्थित सव–स्टेशनसम्म विद्युतका पोल विस्तारको काम भइरहेको बताउनुभयो ।

उहाँले पोल विस्तार गर्दा स्थानीयहरूले घर नजिकै पोल गाडिएको गुनासो गर्दै विरोध जनाएको जानकारी पाएको जनाउँदै सहमति अनुसार काम अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार विद्युत् नियमावली २०५० अनुसार २५ मिटरको सडकमा पोल विस्तार गर्दा दुई मिटर छोड्नुपर्छ । तर प्राधिकरणले ४ मिटरसम्म छोडेर काम गरिरहेको छ ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.