Alag Dhar

सहकारीलाई धान नबिक्ने चिन्ता

मकवानपुर । सरकारले तोकेको समर्थन मूल्यमा आफ्ना शेयर सदस्य किसानको धान खरिद गरिरहेका सहकारी संस्थालाई धान नबिक्ने चिन्ताले सताउन थालेको छ ।

धान खरिद गरिरहेको सहकारीले धान बिक्रीका लागि पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन् । यस वर्ष धान व्यापारीहरूले समर्थन मूल्यभन्दा न्यून मूल्यमा धान खरिद गरेपछि सहकारी र खाद्य संस्थानलाई धान खरिदका लागि दबाव बढेको छ ।

मधुवन, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकाका सहकारीले आफ्ना शेयर सदस्य किसानको धान खरिद गरेका छन् । मधुवन नगरपालिका भित्रका ४ वटा सहकारीले १७ सय क्विन्टल, ठाकुरबाबाको एक सहकारीले चार हजार क्विन्टल, बारबर्दियाको एक सहकारीले दुई हजार क्विन्टल र बाँसगढीका तीन वटा सहकारीले आठ हजार क्विन्टल धान खरिद गरिसकेका छन् ।

मधुवनको एक, बारबर्दियाको एक र बाँसगढीको तीन वटा सहकारीले अझै पनि धान खरिद गरिरहेको बताएका छन् । बाँकी सहकारीले धानको बिक्री र व्यवस्थापन गर्न समस्या हुने देखेर खरिद रोकेको जनाएका छन् ।

बर्दिया जिल्लामा सहकारीहरूले ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेका छन् । स्थानीय व्यापारी र मिलवालाले पनि समर्थन मूल्यमा धान नकिनिदिने भएपछि सहकारीको खरिद गरेको धान समेत अलपत्र पर्ने अवस्था आएको छ ।

गत बर्षको धान समेत स्टक रहेको र यस बर्ष खरिद गरिएको धान समेत बिक्री गर्न समस्या हुने मधुवन नगरपालिका –८ मा रहेको सानोश्री सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष दिलाराम जैसीले बताउनुभयो ।

उहाँले गत बर्षको खरिद गरेको धान सस्तो मूल्यमा बेच्न खोज्दा समेत नबिकेको बताउँदै यस बर्ष धान बिक्री हुने ग्यारेन्टी नभएको बताउनुभयो । सहकारीमार्फत खरिद गरेको किसानको धान नगरपालिका र नेपाल सरकारले बिक्री गर्न समन्वय गर्नुपर्ने बताउनुभयो ।

ताराताल सानाकिसान कृषिसहकारी संस्थाका प्रबन्धक डम्बर केसीले गत बर्ष किसानबाट खरिद गरेको छसय क्विन्टलभन्दा बढी धान बिक्री गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार यस बर्ष करिब सात हजार क्विन्टल धान खरिद गरिएको छ, त्यो कसरी बेच्ने हो नगरपालिकाले समन्वय गरिदिनुपर्छ ।

ठाकुरबाबा नगरपालिका वडा १ को शिंहबाहिनि शिवशक्ती कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष युवराज शर्माले धान बेच्न समस्या हुने देखिएपछि धेरै धान खरिद नगरेको बताउनुभयो । उहाँले भन्नुभयो –“बजारको ग्यारेन्टी भएको भए ठाकुरबाबाको सबै धान किन्ने योजना थियो, तर सकिएन ।”

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले धान बिक्रीका लागि व्यापारी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग अनुरोध गरेको उहाँले बताउनुभयो । सरकारसँग कम्पनीको कोटा बढाउन माग गरेको बताउँदै उहाँले भन्नुभयो, “समर्थन मूल्य तोक्ने मात्र होइन सरकारले खरिद गरिएको धानको व्यवस्थापन गर्न पनि पहल गर्नुपर्छ ।”

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.