Alag Dhar

१३ गतेसम्म अनुदानको रकम नपाए मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने उखु किसानको चेतावनी

मकवानपुर । नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरूले मंसिर १३ गतेभित्र पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाए र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिए आन्दोलनमा उत्रिने बताएका हुन् ।

‘विगत सालको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले हुन आउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ । त्यो अनुदान रकम यही १३ गते ९मंसिर० भित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’ किसान महेशचन्द्र यादवले भने ।

उखुको उत्पादन मूल्य लागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्टिगत गरी नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधिहरू बसेर मूल्य निर्धारण गर्नुपर्ने किसानहरूको माग छ ।

उखु किसानहरूले आज कृषिमन्त्री डा।मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

माग पूरा नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राजमार्ग जाम गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध गरेर सरकारलाई मागहरू पूरा गराउन बाध्य गराइने उनीहरूले बताए ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.