Alag Dhar

बैतडीका २७ हजार धरधुरीमा बल्यो बिजुली

मकवानपुर । बिजुली नपुगेका जिल्लाका पाँच स्थानीय तहका १९ वडाका सात हजार धरधुरीमा बिजुली बलेसँगै जिल्लामा विद्युत् उपभोग गर्न पाउने घरपरिवारको सङ्ख्या २७ हजार ९१ पुगेको छ ।

विद्युत् वितरण केन्द्र बैतडीले अधिल्लो आर्थिक वर्षको कार्यक्रममा पञ्चेश्वर गाउँपालिका, शिवनाथ, डिलासैनी, दोगडाकेदार सूर्नया र सिगास गाउँपालिकाका केही वडामा बत्ती बाल्ने काम सम्पन्न भएको वितरण केन्द्रका इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म आफैँ गाउँमा खटिएको छु । हजार ७८७ घरधुरीमा बिजुली बालेर बैतडीबाट सरुवा भएर जाँदैछु । सरकारले आगामी दुई वर्षभित्र बैतडीमा पूर्ण विद्युतीकरण गर्ने लक्ष हासिल गर्न कार्यलय प्रमुखका रुमपा आफैँ खटिएर लक्ष्य अनुसार काम गर्दा बैतडीवासीले धन्यवाद दिएका छन् ।”

जिल्लाका छ वटा गाउँपालिका र चार वटा नगरपालिकामा कुल ४९ हजार ४२८ घरधुरी छन् । जिल्लामा अझै २२ हजार घरधुरीमा बिजुली पुग्न बाँकी छ । ती घरधुरीमा विद्युतीकरण गर्न सिगासको विन्द्रावन, दोगडाकेदारको सिल्लेगाडामा ३३ केभी सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको विद्युत् वितरण केन्द्र बैतडीका सूचना अधिकारी माधवप्रसाद लेखकले बताउनुभयो । आउँदो एक वर्षभित्र बैतडी जिल्ला पूर्ण रुपमा विद्युतीकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

बैतडीमा २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो । त्यसछि २०४७ सालमा बैतडीको पाटनमा सूर्नयागाड साना जलविद्युतबाट दुई सय किलोबाट विद्युत् उत्पादन भयो । जुन अहिले बन्द अवस्था छ । त्यसपछि २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडिएको तथ्याङ्क छ ।

अहिले बैतडी र दार्चुलाको सीमा नदी चमेलियाबाट ९६.५ मेघावाट बिजुली उत्पादन हुन थालेको छ । ४० मेघावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलियाको बलाँचमा ३० मेघावाट, माथिल्लो चमेलिया ४०, मकरीगाड १० मेघावाट, नौगाड ८.५ मेघावाट र माथिल्लो अपरगाडबाट ८ मेघावाट गरी चमेलिया नदीमा कुल ९६.५ मेघावाट बिजुली उत्पान हुन थालेको छ । बझाङको कालङ्गा नदीबाट उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडीको आकाशमाथि १५० मेघावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

बैतडीको तल्लोस्वराड, च्वाँगढको सिगास र पुर्चौडी नगरपालिकाका अधिकांश गाउँ बत्तीको पहुँचभन्दा बाहिर रहेकाले स्थानीय तहसँग समन्वय गरी विद्युत् विस्तारको काम अघि बढेको बैतडी वितरण केन्द्रले जनाएको छ ।

स्थानीयत तहले बितेका पाँच वर्षमा उपभोक्ता समितिमार्फत बिजुली बाल्ने प्रयास गरे पनि गुणस्तरहीन काम गर्दा बत्ती बल्न नसकेपछि अहिले विद्युत् वितरण केन्द्र बैतडीलाई गुहार मागिरहेका छन् । पञ्चेश्वर गाउँपालिकाले ठेक्कामार्फत बिजुली विस्तार गर्न खोज्दा ठेकेदार भागेपछि वितरण केन्द्रको पहलमा अहिले गाउँपाकिला केन्द्रसहित चार वटा वडामा बिजुली बलेको छ ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.