Alag Dhar

विपक्षी दलहरूले मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन गरे माग

मकवानपुर । मधेश प्रदेश सरकारका विपक्षी दलहरूको गठबन्धनले मधेश प्रदेश सभाको बैठक तत्काल राख्न आग्रह गरेको छ ।

सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेकाले तत्काल सभाको बैठक राख्न विपक्षी गठबन्धनमा रहेका दलहरूले माग गरेका हुन् ।

परमादेशमा विश्वासको मत नलिए वा विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न भनिएको छ ।

सर्वोच्चको आदेश आएको भोलिपल्टै मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले उपसभामुख बबिता राउतलाई प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाउन मौखिक आग्रह गरेका छन् ।

कांग्रेस सांसद अंजना पण्डितका अनुसार सम्बन्धित दलहरूले आफ्ना पार्टीका सांसदलाई जिल्ला छाडेर नजानसमेत भनेका छन् ।

‘सांसदहरूलाई जनकपुर नछाड्न भनिएको छ । दिउँसो १ बजे वरिपरि अनौपचारिक भेटघाट गर्ने पनि तय भएको छ,’ उनले भनिन् ।

नेताहरूका अनुसार सर्वोच्च अदालतले दिएको आदेश अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिए पनि वा नलिए पनि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । यसकारण सांसदहरूलाई जनकपुर नछाड्न भनिएको हो ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.