Alag Dhar

हेटौंडाको सडक विस्तार हुनुपर्छ: सुदन गुरुङ

मकवानपुर ।लामो समयदेखि अवरोध रहेको बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तारमा विवाद हुन थालेपछि जेनजीहरु पनि चासो देखाउन थालेका छन् ।

सडक विस्तारको विरुद्धमा हेटौंडाका मेन रोडका व्यवसायी र घरधनीले विरोध गरेपछि जेनजी अगुवा सुदन गुरुङले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको जगमा सुरु भएको विकास निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘धेरै लामो समयदेखि केही तत्त्वहरूले अवरोध गरिरहँदा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा नगर क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । तर, सम्माननीय सर्वोच्च अदालतको मिति २०८० पुस १७ को ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन दिएको छ ।’

विगतमा विभिन्न शक्ति केन्द्रको प्रभाव, राजनीतिक दबाब र स्थानीय अवरोधका कारण सडक विस्तार कार्य पटक–पटक रोकिँदै आएको थियो । गुरुङले आफ्नो अपिलमा भनेका छन् ‘यो पटक सीमित व्यक्तिहरूको त्रास, प्रभाव र दबाबको भुमरीमा नपरी, यो कानुनी ढङ्गले अघि बढेको सडक विस्तार कार्यलाई सफल बनाउने सङ्कल्पका साथ हामी सम्पूर्ण हेटौंडा नगरवासीहरूमाझ हार्दिक अनुरोध गर्छौँ ।’

उनले आफूहरू मकवानपुरका प्रादेशिक प्रमुख र सम्पूर्ण जेनजी टोलीसहित परियोजना सफल बनाउन प्रदेशदेखि केन्द्र सरकारसम्म नजिकबाट समन्वय र निगरानीमा रहेको समेत स्पष्ट पारेका छन् ।

के हो हेटौंडा सडक विस्तार विवादरु

हेटौंडाको मुख्य बजार क्षेत्र (रातोमाटेदेखि चौकीटोलसम्म) मा सडकको दायाँ–बायाँ २५र२५ गज विस्तार गर्ने योजना साढे दुई दशकदेखि अलपत्र थियो । स्थानीय घरधनी र व्यवसायीहरूले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै विस्तार कार्यमा अवरोध सिर्जना गर्दै आएका थिए ।

यद्यपि २०८० पुस १७ गते सर्वोच्च अदालतले सडक विस्तारको विपक्षमा परेका रिटहरू खारेज गरिदिएपछि सडक डिभिजन कार्यालय हेटौँडालाई काम अघि बढाउने बाटो खुलेको हो । अदालतले सडक सीमा मिचेर बनाइएका संरचनाहरू हटाउन र राजमार्गलाई फराकिलो बनाउन स्पष्ट आदेश दिएको थियो ।

सोही फैसलाको कार्यान्वयन स्वरूप सडक डिभिजन कार्यालय हेटौँडा ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको छ। प्रशासनले पनि यसपटक कुनै पनि बहानामा काम नरोकिने सङ्केत दिइसकेको छ ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.