Alag Dhar

चितवनको सौराहा घुम्न आएकी एक किशोरीको मृत्यु

मकवानपुर । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन छिन् । सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको शैक्षिक भ्रमणमा आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति ११ बजेतिर खसेकी थिइन् ।

उनलाई उपचारका लागि रत्ननगर बकुहलर अस्पताल लगिएकोमा चिकित्सकले ११:४५ बजे मृत घोषणा गरेका थिए ।शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.