Alag Dhar

स्वतन्त्र पत्रकार संघ नेपालको निर्वाचनका लागि निर्वाचन समिति गठन

मकवानपुर । स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय समितिको निर्वाचनका लागि निर्वाचन समिति गठन भएको छ । अधिवक्ता एवं सञ्चारकर्मी शेखरनाथ पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले अधिवक्ता पोख्रेलको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको थियो । जसको सदस्यमा अधिवक्ताद्वय सुमित्रा देवकोटा र पूर्णचन्द्र चालिसे हुनुहुन्छ । स्वतन्त्र पत्रकार संघ नेपालको १४ औँ वार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशन आगामी २४ फागुनमा नवलपुरको गैंडाकोटमा गर्ने तय भएको छ ।

साथै, संघले जिल्ला अधिवेशनहरु पुस मसान्तभित्र सम्पन्न गर्ने पनि निर्णय गरेको छ । २०६८ फागुन २४ गते पोखरामा स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपालको देशका २९ जिल्लामा शाखा विस्तार भएको छ । जसमा ५ सयभन्दा बढी पत्रकार आवद्ध छन् । संघ कुनै राजनीतिक पार्टीमा नलागी स्वतन्त्र रुपमा कार्यरत् सञ्चारकर्मीहरुको साझा संस्थाको रुपमा परिचित छ ।

 

मुख्य समाचार

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्र...
भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरील...
आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज ११ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, मकवान...
विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.