Alag Dhar

भुटनदेवी मावि सामाजिक सुरक्षा कोषमा आबद्ध

मकवानपुर । विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजीस्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । देशकै पहिलो सामुदायिक विद्यालयको रूपमा भुटनदेवी माविले दुई शैक्षिकसत्र पूरा गरेका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।

बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले कोषमा आबद्ध ६ जना शिक्षक र ७ जना कर्मचारीलाई परिचयपत्र (कार्ड) वितरण गर्नु भएको थियो ।

नेपाल सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यान्वयनमा आएपश्चात हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षाका योजना तर्जुमा तथा कार्यान्वयन गरी सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु सामाजिक सुरक्षा कोषको उद्देश्य हो ।

कोषको लागि विद्यालयले छुट्टै कोष बनाएको र त्यसमा हरेक वर्ष रकम जम्मा गरिने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिनु भयो । कोषमा विद्यालयको तर्फबाट २० प्रतिशत र कर्मचारीको तर्फबाट ११ प्रतिशत रकम जम्मा गरिने उहाँले बताउनु भयो । विभिन्न चरणमा छलफल गरी निश्चित मापदण्ड बनाएर विद्यालयले कोषमा आबद्ध गराइएको छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.