Alag Dhar

रास्वपामा बालेन प्रवेश : सातबुँदे सहमतिसँगै सत्ता साझेदारीको खाका तय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् सहमति व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

दुईपक्षबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बालेन हुने सहमति भएको हो । लामिछानेले लेखेका छन्, “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”

लामिछाने र शाहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। सहमतिअनुसार आगामी आम निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारिनेछ। पार्टीको सांगठनिक कमान्ड भने सभापति रवि लामिछानेले नै सम्हाल्ने गरी कार्यविभाजन तय गरिएको छ।

रास्वपा र बालेनबिच ‘बृहत् एकता’को सहमतिपछि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत बालेन शाह अव रास्वपा नेता भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘बालेन्द्र शाहस् अब रास्वपा नेता, आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.