Alag Dhar

एमाले मकवानपुरको बैठक सम्पन्न ,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, ताेकियाे निर्वाचन परिचालन सम्बन्धि जिम्मेवारी

हेटौँडा ।  नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठक सम्पन्न भएको छ। बैठकले मकवानपुर इञ्चार्ज तथा प्रतिनिधिसभा उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २,०२५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समिति गठन गरिएको हो।

निर्वाचन परिचालन समितिको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनुभएको छ। साथै ७७ सदस्यीय निर्वाचन परिचालन समिति सचिवालय समिति पनि गठन गरिएको छ।

निर्वाचन परिचालन समितिमा पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी तथा निकायका सदस्य, जिल्ला कमिटी तथा जिल्ला लेखा कमिटीका सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, पालिका तथा इलाका कमिटी, वडा कमिटीका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्रदेखि पालिकासम्मका पदाधिकारी तथा स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू समावेश छन्।

पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ। प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिमा संयोजक एकालाल श्रेष्ठ, सह–संयोजक नवीन सिग्देल र कमल विष्ट तथा सचिव अनिल बानियाँ रहनुभएको छ। प्रतिनिधिसभा क्षेत्र नं. २ को निर्वाचन परिचालन समितिमा संयोजक भारती पाठक, सह–संयोजक बलराम बल र राजाराम स्याङ्तान तथा सचिव मेम्मर लोलाई जिम्मेवारी दिइएको छ।

यसैगरी प्रचार समितिको संयोजक नवीन सिग्देल, निर्वाचन घोषणा पत्र निर्माण समितिको संयोजक अनन्त पौडेल, आर्थिक व्यवस्थापन संयोजक गोपाल श्रेष्ठ, प्रशासनिक संयोजन हिदम लामा, जनसांस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भूगोल बाहिर रहेका मतदाता समन्वय समितिको संयोजक फूर्वा दोर्जे लामा तथा कानुनी परामर्श संयोजक मदन दाहाल तोकिएका छन्। उम्मेदवार फोकल पर्सनका रूपमा क्षेत्र नं. १ मा दिलु घर्ती र क्षेत्र नं. २ मा आशिष अस्लामी रहनुभएको छ।

बैठकले १० पालिका, २ इलाका कमिटी र १०२ वडामा निर्वाचन परिचालन समितिका संयोजक, सह–संयोजक र सचिव तोक्ने निर्णय गरेको छ। साथै माघ महिनाभित्र सबै जनसंगठनका जिल्ला तथा पालिकास्तरमा निर्वाचन सहयोग समिति गठन गर्ने र पालिका, इलाका तथा वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरी काम अघि बढाउने निर्णय गरिएको छ।

जिल्ला उपाध्यक्ष हिदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेत प्रमुख अतिथि रहनुभएको थियो। बैठकमा केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायत प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.